दफा ६
प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
: (१) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ -–
(क) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धान गर्ने,
(ख) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने,
(ग) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालिम तथा अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालय, अस्पताल तथा शैक्षिक संस्थासँग सम्झौता गर्ने,
(घ) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने,
(ङ) प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमको स्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, अस्पताल वा शैक्षिक संस्थाहरुसँग समन्वय कायम गर्ने,
(च) स्वास्थ्य सम्बन्धी स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्राष्ट्रिय संघ संस्थासित सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान–प्रदान गर्ने,
(छ) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार आयोजना गर्ने, गराउने,
(ज) स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक प्रकाशन गर्ने, गराउने,
(झ) तोकिए बमोजिमको अन्य काम गर्ने ।
(२) प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको सङ्गठन मार्पmत प्रयोग र पालना हुनेछन् ।